काेशीका मुख्यमन्त्री कार्कीविरुद्धकाे रिटमा सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

 बैशाख २८, २०८१ शुक्रबार १८:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वाेच्चले यस विषयमा आउँदो जेठ ९ गते बुधवार सुनुवाइको मिति तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न दिन अन्तरिम आदेश माग गर्दै हिजो रिट दायर गर्नुभएको थियो । नेकपा एमालेका कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की हिजै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया