अस्ट्रेलियाका उस्मान ख्वाजा विश्वकपबाट बाहिरिए

 असार २३, २०७६ सोमबार ७:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनल अघि अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ । उसको मध्यक्रममा भरपर्दा ब्याट्सम्यान उस्मान ख्वाजा घाइते भएका छन् । जसका कारण उनी प्रतियोगिताबाट बाहिरिएको प्रशिक्षक जस्टिन लेंगरले पुष्टि गरे ।

दक्षिण अफ्रिकाविरुद्ध लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरेका ख्वाजा त्यही बेला चोटग्रस्त भएका थिए । जसका कारण उनी रिटार्यड हट हुँदै पेभेलियन फर्किए । तर दोस्रो पटक ब्याटिङ गर्न ख्वाजा उत्रिए पनि अस्ट्रेलिया १० रनले पराजित हुन पुग्यो ।

ख्वाजाको ठाउँमा म्याथू बेडलाई टिममा राखिएको छ । यसलाई आईसीसीले अनुमति दिन भने बाँकी रहेको जनाइएको छ । उनलाई हातमा लागेको चोट ठिक हुन ३–४ हप्ता लाग्ने पनि बताइएको छ ।

प्रशिक्षक लेंगरले एशेज शृंखला अघि ठिक हुन सक्ने बताए ।  अस्ट्रेलियाले जारी विश्वकपको सेमिफाइनलमा ११ तारिखमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया