विश्वकप क्रिकेट: दाेस्राे सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई दियाे २२४ रनकाे मध्यम लक्ष्य

 असार २६, २०७६ बिहिबार १९:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनयो ।  तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टिभ स्मिथले ८५ रन बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई मध्यम लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो । उसका लागि स्टिभ स्मिथ र एलेक्स केरीले १०३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीले अस्ट्रेलियाले ११७ रन बनाएकाे थिए । आठौं विकेटका लागि स्मिथ र मिचेल स्टार्कले अर्धशतकीय साझेदारी गरे ।

२७ औंँ ओभरमा अदिल रशिदले २ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ फेरि धर्मराएकाे थियो । रशिदको बलमा एलेक्स क्यारी ४६ रनमा आउट हुँदा मार्कस स्टोइनिस खाता नै नखोली पेभेलियन फर्किए । त्यसपछि स्मिथ र म्याक्सवेलले ३९ रनको साझेदारी गरे । तर त्यो साझेदारी पनि लामो हुन सकेन । म्याक्सवेललाई जोफ्रा आर्चरले २२ रनमा आउट गरेका थिए ।

अस्ट्रेलियाका एरोन फिन्च खाता नै नखोली आउट हुँदा जारी विश्वकपमा उच्च लयमा रहेका डेभिड वार्नर पनि व्यक्तिगत ९ रनमा पेभेलियन फर्किए । आठौंँ विकेटको रुपमा स्मिथलाई ८५ रनमा जस बट्लरले रन आउट गरेका थिए । नवौँ विकेटका रुपमा मिचेल स्टार्क २९ रन बनाएर आउट भए ।

इंग्ल्याण्डका अदिल रशिद र क्रिस वोक्स्ले तीन तीन विकेट लिँदा जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए । आजको विजेताले आइतबार न्यूजिल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया