आईसीसी विश्वकप फाइनल: को बन्ला नयाँ विजेता?

 असार २९, २०७६ आइतबार १५:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दैछ । 

लण्डनको लर्ड्स मैदानमा हुँदै गरेकाे फाइनल खेलमा एक दिवसीय विश्वकप क्रिकेटले नयाँ विजेता पाउनेछ । आजको खेलमा कुनै पनि टिमले आफ्ना खेलाडीमा परिवर्तन गरेका छैनन् । 

सन् २०१९ को विश्वकप क्रिकेट अन्तर्गत भएका चार खेलमा पहिला ब्याटिङ गर्ने टिमले नै जितेका छन् । जसअन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई पहिला ब्याटिङ गर्दै ४९ रनले हराएको थियो । 

त्यस्तै अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रन, अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रन र पाकिस्तानले बंगलादेशलाई पहिला ब्याटिङ गर्दै ९४ रनले हराएको थियो । 
सन् २०१५ को विश्वकपपछि आईसीसी प्रतियोगितामा इंग्ल्याण्ड र न्यूजिल्याण्डले तीन पटक प्रतिस्पर्धा गरेका छन्, जसमा तीन पटक नै इंग्ल्याण्डले बाजी मारेको छ । 

सन् २०१६ को टी–२० विश्वकपमा इंग्ल्याण्ड सात विकेटले विजयी भएको थियो । सन् २०१७ को च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्ड ८७ रनले विजयी भएको थियो । त्यस्तै सन् २०१९ को विश्वकपको लिग चरणको खेलमा पनि इंग्ल्याण्ड ११९ रनले विजयी भएको थियो ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया