विश्वकप क्रिकेट फाइनल: उपाधिका लागि न्यूजिल्याण्डले दियो इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य

 असार २९, २०७६ आइतबार १९:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा न्यूजिल्याण्डलले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए । उनले ७७ बलमा ४ चौकाको सहयोगमा ५५ रन बनाएका हुन् । त्यस्तै टम लाथमले ४७ रन बनाउँदा कप्तान केन विलियम्सनले ३० रन बनाए । त्यस्तै ओपनिङ ब्याट्सम्यान मार्टिन गप्टिल मात्र १९ रनमा आउट भए ।

इंग्ल्याण्डका लागि क्रिस वाेक्स र लायम प्लंकेटले ३–३ विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक–एक विकेट लिए । 

केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ बर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकाका खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भएका हुन् ।

विलियम्सन एकै विश्वकपमा धेरै रन बनाउने पहिलो कप्तान बनेका छन् । आजको खेलपछि उनले १० पारी कुल पाँच सय ७८ रन बनाएका छन् जयबर्दनेले २००७ को विश्वकपमा सो रेकर्ड बनाएका थिए ।


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया