आईसीसी 'टिम अफ् द टुर्नामेन्ट' मा इंग्ल्याण्डका खेलाडीको वर्चश्व

 असार ३०, २०७६ सोमबार १८:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय क्रिकेटको महाकुम्भ अर्थात् आईसीसी वर्ल्डकप प्रतियोगिताको १२ औँ संस्करण सकिएको छ । 

निकै रोमाञ्चक फाइनल खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई हरायो । इंग्ल्याण्डका बेन स्टोक्स 'म्यान अफ् द म्याच' घोषित हुँदा न्यूजिल्याण्डको केन विलियमसन 'प्लेयर अफ् द टुर्नामेन्ट' घोषित भए । 

आईसीसीले 'टिम अफ् द टुर्नामेन्ट' को पनि घोषणा गरेको छ । जसमा इंग्ल्याण्डका खेलाडीले वर्चश्व जमाएका छन् । इंग्ल्याण्डका चार जना खेलाडी टिम अफ् द टुर्नामेन्टमा अटाएका छन् । 

आईसीसी 'टिम अफ् द टुर्नामेन्ट' को पहिलो र दोस्रो नम्बरमा भारतका ब्याट्सम्यान रोहित शर्मा र इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोय अटाएका छन् । त्यस्तै तेस्रो र चौथो खेलाडीमा क्रमशः न्यूजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सन (कप्तान) र बंगलादेशका अलराउण्डर शाकिब अल हसन रहेका छन् । 

पाँचौ र छैटौँ स्थानमा इंग्ल्याण्डकै ब्याट्सम्यान जोए रुट र अलराउण्डर बेन स्टोक्स छन् । सातौँ नम्बरमा अष्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारी, आठौँ नम्बरमा अष्ट्रेलियाकै तीव्र गतिका बलर मिचेल स्टार्क रहेका छन् । 

'टिम अफ द टुर्नामेन्ट' को नवौँ नम्बरमा इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर, १० औँ नम्बरमा न्यूजिल्याण्डका मध्यम गतिका बलर लकी फर्गुसन रहेका छन् । ११ औँ नम्बरमा भारतका तीव्र गतिका बलर जसप्रिल बुमराह र १२ औँ नम्बरमा न्यूजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट रहेका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया