फुटबलको फाइनल हेर्न आफ्नै खर्चमा फर्किए महिला फुटबलर !

 मंसिर २४, २०७६ मंगलबार १२:५७:३५ | लक्ष्मण कार्की
unn.prixa.net

काठमाण्डौ - १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको राष्ट्रिय महिला फुटबल टिमका खेलाडी आफ्नै खर्चमा काठमाण्डौ फर्किएका छन् ।

पोखरामा सोमबार फाइनल खेलेको टिमलाई मंगलबार दिउँसो फर्किने गाडीको व्यवस्था गरिएको थियो तर गाडीबाट फर्किँदा पुरुष फुटबलको फाइनल हेर्न नपाइने भएपछि खेलाडीले आफै प्लेन टिकट लिएर फर्किएका हुन् ।

उनीहरुले जनही ५ हजार ५० रुपैयाँमा प्लेनको टिकट काटेर आएका हुन् । एउटै प्लेनमा टिमका सबै सदस्यलाई टिकट नपुगेपछि उनीहरु फरक फरक तीन वटा प्लेनबाट काठमाण्डौ आएका हुन् ।

व्यवस्थापकले गाडीमै फर्किने व्यवस्था भएकाले प्लेनमा लैजान नसकिने बताएपछि खेलाडीले बरु आफै पैसा तिर्ने तर पुरुष फुटबलको फाइनल नछुटाउने निर्णय गरेर जनही पैसा तिरेर प्लेनबाट काठमाण्डौ आएको एक खेलाडीले उज्यालो अनलाइनलाई जानकारी दिइन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया