शेयर बजार साढे १७ अङ्कले बढ्यो, जलविद्युत् समूह फेरि लयमा

 भदौ १०, २०७८ बिहिबार १५:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ । 

आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले बढेको छ । बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज कर्पोरेट र नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आज दुई सय ३२ कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १३ अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ९३ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया