फाइनान्सबाहेक सबै समूहको शेयर घट्यो, १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार

 भदौ १३, २०७८ आइतबार १५:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार राताम्मे भएको छ । नेप्से आज आइतवार ४८ दशमलव ८४ अङ्कले घटेर तीन हजार ४५ दशमलव २० विन्दुमा झरेको छ । 

आज फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको ५३, व्यापारको ६२, होटलको ३१ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १५ अङ्कले घटेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ८९ अङ्कले, जीवन बीमा समूहको तीन सय चार अङ्कले, निर्जीवन बीमाको दुई सय ५३, उत्पादनको ३८, अन्यको ३६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ । 

आज रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र खानीखोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । 

आज दुई सय २७ कम्पनीका दुई करोेड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया