६९ अङ्कले घटेको नेप्से ३ हजार विन्दुबाट तल झर्‍याे, सबै समूह राताम्मे

 भदौ १५, २०७८ मंगलबार १५:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ६९ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६९ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर २३ अङ्कले, विकास बैंक समूहको दुई सय पाँच अङ्कले, व्यापारको एक सय ६ अङ्कले, होटलको ४६ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय २४ अङ्कले घटेको छ ।

यस्तै फाइनान्सको एक सय एक अङ्कले, माइक्रोफाइनान्सको एक सय ६४ अङ्कले, बीमा समूहको चार सय ४७ अङ्कले, निर्जीवन बीमा समूहको तीन सय ७२ अङ्कले, उत्पादनको एक सय ९८ अङ्कले र अन्य समूहको शेयर ६२ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि कर्णाली विकास बैंकको साढे ७ र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ३१ लाख कित्ता शेयर १३ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब एक करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया