नेप्से सामान्य बढ्यो, कारोबार रकम नौ अर्ब ३५ करोड रुपैयाँमा सीमित

 भदौ १६, २०७८ बुधबार १५:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार ६९ अङ्कले घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । नेप्से आज एक दशमलव १४ अङ्कले बढेर दुई हजार नौ सय ७६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर आठ अङ्कले बढेको छ, यस्तै होटलको एक सय ३० र जीवन बीमा समूहको शेयर ७४ अङ्कले बढेको छ । आज फाइनान्स समूहको शेयर ९० अङ्कले घटेको  छ । यस्तै विकास बैंकको ४०, जलविद्युतको २०, माइक्रोफाइनान्सको ६, उत्पादनको साढे दुई र अन्य समूहको शेयर साढे एक अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

आज दुई सय २६ कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया