शेयर बजार घटेर राताम्मे, साढे नौ अर्ब रुपैयाँको कारोबार

 भदौ १७, २०७८ बिहिबार १५:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको अन्तिम दिन शेयर बजार घटेर राताम्मे भएको छ । हिजो बुधवार सामान्य बढेको नेप्से आज बिहीवार ५० दशमलव १३ अङ्कले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर साढे २३ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर तीन सय ४२, निर्जीवन बीमा समूहको दुई सय ३३, उत्पादनको एक सय २७, अन्य समूहको ३७ र लगानी समूहको शेयर साढे तीन अङ्कले घटेको छ । 

आज नारायणी विकास बैंक, कर्णाली विकास बैंक, अरुण काबेली पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सानिमा लाइफ इन्सोेरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

आज दुई सय ३० कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५७ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया