नेप्से १ सय ६१ अङ्कले बढ्यो, ४२ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

 भदौ २१, २०७८ सोमबार १५:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार कारोबार मापक नेप्से आज सोमवार भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ ।

नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो । हिजो आइतवार शेयर बजार एक सय आठ अङ्कले घट्दा दुई सय नौ वटा कम्पनीको शेयर राताम्मे भएको थियो ।

आज सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज बैंकिङ समूहको शेयर ७८ अङ्कले, व्यापारको एक सय ३३ अङ्कले, विकास बैंकको पाँच सय तीन अङ्कले र निर्जीवन बीमा समूहको शेयर ६ सय ४३ अङ्कले बढेको छ ।  

आज दुई सय २४ वटा कम्पनीको एक करोड ७९ लाख कित्ता शेयर नौ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया