शेयर बजारमा उतारचढाव, नेप्से आज ४४ अङ्कले घट्यो

 भदौ २२, २०७८ मंगलबार १५:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा दैनिक ठूलो उतारचढाव हुन थालेको छ । गएकाे आइतवार एक सय आठ अङ्कले घटेको शेयर बजार हिजो सोमवार एक सय ६२ अङ्कले बढेको थियो । आज मङ्गलवार फेरि नेप्से ४४ अङ्कले घटेको छ ।

अन्य र सामूहिक लगानी कोषबाहेक सबै समूहको शेयर ओरालो लागेपछि आज नेप्से ४४ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको तीन सय दुई, निर्जीवन बीमा समूहको शेयर दुई सय ९० र उत्पादन समूहको शेयर एक सय ३३ अङ्कले घटेको छ ।

आज आरएमडीसी लघुवित्त र रुरु जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि सानीमा लाइफ इन्स्याेरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड ५० लाख कित्ता शेयर सात अर्ब ४९ करोड ५८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ६१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया