६० अङ्कले घटेपछि शेयर बजार राताम्मे, ६ अर्ब ६४ करोड रुपैयाँको कारोबार

 भदौ २३, २०७८ बुधबार १५:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार ४४ अङ्कले घटेको नेप्से आज ६० दशमलव ०२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर राताम्मे भएको छ । आज बैंकिङ समूहको शेयर ३२ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको एक सय ५८, व्यापारको ८२, होटलको ६४, जलविद्युतको ५३, फाइनान्सको ९७ र माइक्रोफाइनान्स समूहको शेयर ६७ अङ्कले घटेको छ ।

साथै उत्पादन समूहको एक सय ८८, अन्यको ६३, जीवन बीमा समूहको चार सय २१ र निर्जीवन बीमा समूहको शेयर तीन सय २८ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि सानीमा लाइफ इन्स्याेरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २५ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर ६ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया