शेयर बजार सामान्य घट्यो, जलविद्युत् समूहमा भने हरियाली

 भदौ २४, २०७८ बिहिबार १५:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार सामान्य घटेको छ । व्यापार, जलविद्युत् र जीवन बीमाबाहेक अरू समूहको शेयर घटेपछि नेप्से शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७५ दशमलव ९७ विन्दुमा झरेको छ । 

आज बैंकिङ समूहको शेयर दुई अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको १२, होटलको तीन, फाइनान्सको ३६, माइक्रोफाइनान्सको १८, निर्जीवन बीमा समूहको ६ र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ । 

आज रिडी हाइड्रो र सिटिजन्स म्युचल फन्डकाे शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्याेरेन्सको शेयर १० प्रतिशतले बढेको छ । 

आज दुई सय ३० वटा कम्पनीका एक करोड ४४ लाख ७४ हजार कित्ता शेयर सात अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको ४९ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया