७१ अङ्कले बढेपछि शेयर बजारमा हरियाली, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

 भदौ २७, २०७८ आइतबार १५:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली देखिएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आज आइतवार नेप्से ७१ दशमलव ४३ अङ्कले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको दुई सय ९९ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ ।

आज १० कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । आज दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया