उचारचढावपछि सामान्य बढेर रोकियो नेप्से, नौ अर्ब २९ करोड रुपैयाँको कारोबार

 भदौ २८, २०७८ सोमबार १५:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेमा आज साेमवार दिनभर उतारचढाव देखिएको छ । बिहान ११ बजेर ३४ मिनेटमा नेप्से दुई हजार नौ सय ८४ विन्दुसम्म पुगेको थियो । तर साढे २ बजेदेखि घट्न थालेको नेप्से बन्द हुने बेलामा भने फेरि सामान्य बढेकाे छ ।

नेप्से आज शून्य दशमलव २७ अङ्कले बढेर दुई हजार नौ सय ४७ दशमलव ६९ विन्दुमा पुगेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, व्यापार, जीवन बीमा र निर्जीवन बीमा समूहकाे शेयर सामान्य बढेको छ । जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र लगानी समूहकाे शेयर घटेको छ ।

आज अजोड इन्सोरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानीमा लाइफ इन्सोरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज दुई सय २६ कम्पनीका एक करोड ५६ लाख ८१ हजार कित्ता शेयर नौ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया