शेयर बजार ४० अङ्कभन्दा धेरैले घट्याे

 भदौ ३०, २०७८ बुधबार १५:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । नेप्से आज ४० दशमलव २६ अङ्कले घटेर दुई हजार आठ सय ८९ विन्दुमा झरेको छ । 

बजार खुलेको केही बेर बजार बढे पनि त्यसपछि घट्न सुरु भएको थियो । आज बैंक, व्यापार, जलविद्युत्, बीमा, फाइनान्स, उत्पादनसहित सबै समूहको शेयर घटेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । 

आज दुई सय २२ कम्पनीका शेयर कारोबार भएकोमा जम्मा १६ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ । 

आज एक करोड पाँच लाख कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया