लगातार चार दिन घटेको नेप्से आज झन्डै १४ अङ्कले बढ्यो, दिनभर उतारचढाव

 असोज ५, २०७८ मंगलबार १५:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातार चार दिनसम्म घटेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार भने बढेको छ । नेप्से आज १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ । 

आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । आज दिनभर नेप्सेमा उतारचढाव रह्यो । कारोबार सुरु भएको २७ मिनेटमा नै नेप्से ८२ अङ्कले घटेर २६ सय १६ विन्दुमा झरेको थियो । तर एकै छिनमा अर्थात् ११ बजेर ५७ मिनेटमा ६८ अङ्कले बढेको नेप्से फेरि ३१ अङ्कले ओरालो लाग्यो । त्यसपछि बिस्तारै उकालो लाग्न थालेको नेप्से बन्द हुने बेलामा भने झन्डै १४ अङ्कले बढेको हो ।

आज कारोबार रकम पनि बढेको छ । दुई सय २३ कम्पनीका एक करोड ५३ लाख कित्ता शेयर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २५ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । एक्सेल विकास बैंक र जानकी फाइनान्सको शेयर भने साढे तीन प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया