१ सयभन्दा धेरै अङ्कले बढेको शेयर बजारमा हरियाली, चार वटा बाहेक सबै कम्पनीको शेयर बढ्यो

 असोज ६, २०७८ बुधबार १५:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार झन्डै एक सय पाँच अङ्कले बढेको छ । आज बजार खुलेदेखि नै उकालो लागेको नेप्से एक सय ४ दशमलव ८८ अङ्कले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका दुई सय १७ कम्पनीमध्ये चार वटाको बाहेक अरू सबैको शेयर मूल्य बढेको छ । बैंकिङ समूहको शेयर ६१ अङ्कले, विकास बैंक समूहको तीन सय ८१ अङ्कले, जलविद्युतको एक सय ६९, फाइनान्सको दुई सय आठ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ७० अङ्कले बढेको छ ।

यस्तै व्यापार समूहको एक सय ३२, जीवन बीमा समूहको पाँच सय ५१, निर्जीवन बीमा समूहको चार सय ४१, उत्पादनको एक सय ८२ र अन्य समूहको शेयर ४२ अङ्कले बढेको छ । 

आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया