शेयर बजार साढे १५ अङ्कले घट्यो, जलविद्युत् समूहमा हरियाली, अरू समूह राताम्मे

 फागुन ११, २०७८ बुधबार १५:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ति साेमवार र हिजाे मङ्गलवार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५० अङ्कले घटेर दुई हजार सात सय २० दशमलव ४३ विन्दुमा झरेको छ । 

आज जलविद्युत् समूहको शेयर झन्डै ३६ अङ्कले बढेको छ । अरू सबै समूहको शेयर भने घटेर राताम्मे भएको छ । बीमा, अन्य र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २८ कम्पनीका ६२ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब १३ करोड १२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज दिव्येश्वरी हाइड्रो र युनाइटेड मर्दी हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै घलेम्दी हाइड्रोको शेयर नौ दशमलव २२ प्रतिशतले बढेको छ । सपोर्ट लघुवित्त र नेपाल फाइनान्सको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया