५९ अङ्कले घटेको शेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

 फागुन १२, २०७८ बिहिबार १५:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार साढे १५ अङ्कले घटेको शेयर बजार आज बिहीवार झन्डै ५९ अङ्कले घटेको छ । नेप्से आज ५८ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घट्दा बजार राताम्मे देखिएको छ । बीमा, उत्पादन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर चार अर्ब २९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

यस्तै आज युनिभर्सल पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले र न्यादी हाइड्रोको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि हिमालयन जनरल इन्स्याेरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया