शेयर बजार ७ अङ्कभन्दा धेरैले घट्यो, ३ अर्ब २७ कराेड रुपैयाँकाे काराेबार

 फागुन १५, २०७८ आइतबार १७:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय ५३ दशमलव ७० विन्दुमा पुगको छ ।

आज जलविद्युत् र अन्य समूहको बाहेक अरू सबै समूहको शेयर घटेको छ । जलविद्युत् समूहको शेयर ३४ अङ्कले बढेको छ ।

आज दुई सय २४ कम्पनीका ७० लाख ४० हजार कित्ता शेयर तीन अर्ब २७ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको २० करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन जनरल इन्सुरेन्स कम्पनीको शेयर साढे चार प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर चार प्रतिशतले घटेको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया