६४ अङ्कले घटेर शेयर बजार राताम्मे, नेप्से २५ सय ४६ विन्दुमा झर्‍याे

 फागुन १८, २०७८ बुधबार १५:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार ६४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४६ दशमलव ६० विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय २८ कम्पनीका ७६ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ११ लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै नेपाल लाइफ इन्सोरेन्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएकाे छ । 

आज हिमालयन जनरल इन्सोरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले घटेको छ । यस्तै युनाइटेड मर्दी जलविद्युत् र ङ्यादी ग्रुप पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । 

समग्र बजार राताम्मे हुँदा पनि रिलायन्स इन्सोरेन्स कम्पनीको शेयर चार प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया