शेयर बजार सामान्य घट्यो, कारोबार रकम साढे २ अर्ब रुपैयाँ मात्रै

 फागुन २२, २०७८ आइतबार १५:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से आज आइतवार तीन दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ विन्दुमा झरेको छ । 

आज बैंकिङ, होटल, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज शिवम् सिमेन्टको शेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया