अब सहकारीकाे पनि एटीएम कार्ड

 फागुन २२, २०७८ आइतबार २०:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् । 

आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतरत्न राज बज्राचार्यले हस्ताक्षर गर्नुभयो । 

सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरूले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने छन् । कुप कार्ड ग्लोबल आईएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीले जारी गर्नेछन् ।

सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारका लागि बैंक गइरहनुपर्ने बाध्यता  हट्ने विश्वास लिइएको छ । यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरूलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया