शेयर बजार ३० अङ्कभन्दा धेरैले घट्यो, कारोबार रकम साढे २ अर्ब रुपैयाँ पनि पुगेन

 फागुन २५, २०७८ बुधबार १५:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज ३० दशमलव २९ अङ्कले घटेर दुई हजार पाँच सय १४ दशमलव ६५ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । विकास बैंक, बीमा, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 

आज दुई सय २९ वटा कम्पनीका ४९ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड २३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर झन्डै ६ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया