शेयर बजार झन्डै २० अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

 चैत २, २०७८ बुधबार १५:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ । 

आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय ३१ कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर दुई अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया