शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

 चैत ८, २०७८ मंगलबार १५:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो साेमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ६ सय ५० दशमलव ७० विन्दुमा पुगेको छ । 

आज जलविद्युत् र फाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

आज दुई सय ३५ कम्पनीकाे ५३ लाख २९ हजार कित्ता शेयर दुई अर्ब ५१ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु इन्सुरेन्स कम्पनीको १५ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

दाेहाेराे अङ्कले शेयर बढेकाे दिन इमर्जिङ नेपालको शेयर १० प्रतिशत र राष्ट्रउत्थान लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया