नेप्से २० अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्याे

 चैत ९, २०७८ बुधबार १५:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २६ वटा कम्पनीकाे ३९ लाख ८५ हजार कित्ता शेयर दुई अर्ब चार करोड ६३ लाख रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बुद्धभूमि हाइड्रोको शेयर सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया