नेप्से साढे १६ अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो

 चैत १०, २०७८ बिहिबार १५:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि घटेको छ । हिजो बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे ५२ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ कारोबार भएकाे छन् । जीवन विकास लघुवित्त कम्पनीको ३० करोड ६३ लाख र नेपाल दूरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

लाभांशका लागि शेयर किनबेच र होल्ड गर्ने आज अन्तिम दिन भएकाले जीवन विकास र दूरसञ्चार कम्पनीको शेयर कारोबार बढेको हो ।

आज नेपाल फाइनान्स र साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया