नेप्से ४१ अङ्कले घट्यो, ३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढ्यो, झन्डै ५ पाँच अर्ब रुपैयाँको कारोबार

 चैत १३, २०७८ आइतबार १५:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ७२ दशमलव २३ विन्दुमा झरेको छ । 

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । पछिल्ला केही हप्ता औसतमा दैनिक तीन अर्ब रुपैयाँको कारोबार भइरहेकोमा आज दुई सय ३२ वटा कम्पनीका ८९ लाख २३ हजार कित्ता शेयर चार अर्ब ९८ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि जीवन विकास र राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया