शेयर बजार घटेर राताम्मे, ८ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

 बैशाख २२, २०७९ बिहिबार १५:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ६ अङ्कले घटेर दुई हजार दुई सय ३८ दशमलव ६२ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ३२ वटा कम्पनीका ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भयो । सबैभन्दा धेरै सूर्य लाइफ इन्सोरेन्सको आठ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज घलेम्दी हाइड्रो, मैलुङ खोला, शिवश्री हाइड्रो, ग्रीन भेन्चर्स, पञ्चकन्या माई हाइड्रो र बुद्धभूमि हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया