ओलीको विशेषता नै टुक्का हान्ने, काम गर्ने त हामीले हो : महत

 बैशाख २६, २०७९ सोमबार १३:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविरुद्ध भ्रम फैलाइरहेको आरोप लगाएको छ ।

केन्द्रीय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर प्रकाशशरण महतले गठबन्धनकै कारण एमालेले चुनाव हार्ने अवस्था देखेपछि अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाउन थालेको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष ओलीले केही ज्योतिषहरुको भनाइ भन्दै आउँदो असार १७ गतेपछि गठबन्धन भत्किने जिकिर गर्दै आउनुभएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनले चुनावमा शानदार जित निकाल्ने र लामो समयसम्म सहकार्यमै रहने जिकिर गर्नुभयो ।

चुनाव हार्ने देखेपछि ओलीले अनेक गलत हल्ला फैलाएर मतदातामा मनोवैज्ञानिक रुपमा प्रभाव पार्न खोजेको महतको आरोप छ । ‘ओलीको विशेषता भनेकै मनोरञ्जन दिने, उखान टुक्का जोड्ने र हसाउने हो, नेपाली जनता सरल सिधा छन्। उहाँको विशेषता काम होइन कुरा हो । कुरा गर्नेसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ ’ महतले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया