४ दिनसम्म बढेको शेयर बजार आज साढे १८ अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

 बैशाख २९, २०७९ बिहिबार १५:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ विन्दुमा झरेको छ ।

आज उत्पादन र अन्यबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो बुधवार दुई अर्ब १६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया