शुक्रवारकाे पहिलाे शेयर काराेबार : नेप्से दाेहाेराे अङ्कले घट्याे

 जेठ ६, २०७९ शुक्रबार १५:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलो पटक शुक्रवार खुलेको शेयर बजार १५ अङ्कभन्दा धेरैले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय ३५ दशमलव ९ विन्दुमा झरेको छ । 

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, अन्य, विकास बैंक, उत्पादन समूहको शेयर धेरै अङ्कले ओरोलो लागेको छ । 

आज कारोबार रकम पनि घटेको छ । दुई सय २३ कम्पनीका २५ लाख २४ हजार कित्ता शेयर ९३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको तीन करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समुदायिक लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स र लक्ष्मी लघुवित्तको शेयर दुई प्रतिशतभन्दा धेरैले बढेकाे छ । 

गएकाे वैशाख १३ गतेकाे मन्त्रिपरिषद्काे बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिने बिदा निर्णय गरेपछि शेयर बजार पनि साेमवारदेखि शुक्रवारसम्म खुल्ने भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया