लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, कारोबार रकम भने १ अर्ब रुपैयाँ पनि पुगेन

 जेठ १२, २०७९ बिहिबार १५:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्रो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार ८ दशमलव ०३ अङ्कले बढेर दुई हजार दुई सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ । 

आज बैंक, व्यापार, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । विकास बैंक, जलविद्युत्, होटल र अन्य समूहको शेयर भने घटेको छ । 

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । दुई सय २२ वटा कम्पनीकाे २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै मेगा बैंकको पाँच करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै मेगा बैंकको शेयर १० प्रतिशत र नारायणी विकास बैंकको शेयर ६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया