शेयर बजार आज दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम भने बढ्याे

 जेठ १३, २०७९ शुक्रबार १६:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा झरेको छ ।

आज होटल र पर्यटनबाहेक सबै समूहको शेयर घटेको छ । नेप्से घटे पनि हिजो बिहीवारको तुलनामा कारोबार रकम भने केही बढेको छ । दुई सय २३ वटा कम्पनीकाे ४१लाख ४० हजार कित्ता शेयर एक अर्ब २९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको १७ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सात वटा कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरै घटेको छ । बजार घटे पनि रुरु जलविद्युत् परियोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया