शेयर बजार ५० अङ्कले घट्याे

 जेठ १६, २०७९ सोमबार १५:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

झन्डै एक वर्षपछि आज दोस्रो बजारमा कारोबार खुलेको नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशनको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोपावरको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया