लगातार तेस्रो दिन आज पनि शेयर बजार घट्यो, कारोबार रकममा पनि सुधार भएन

 जेठ १८, २०७९ बुधबार १५:२८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मैलुङखोला जलविद्युत् र बलेफी हाइड्रो शेयर झन्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया