शेयर बजार झन्डै १३ अङ्कले घट्यो, १ अर्ब २७ करोड रुपैयाँको कारोबार

 जेठ २३, २०७९ सोमबार १५:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको कारोबार हुने पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १२ दशमलव ९२ अङ्कले घटेर २ हजार ६५ दशमलव ७८ विन्दुमा झरेको छ । 

आज विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन अन्य र म्यचुल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय २८ वटा कम्पनीका ४४ लाख नाै हजार कित्ता शेयर एक अर्ब २७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको आठ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । 

हिमालयन बैंकको शेयर १० प्रतिशत र माहुली लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर भने १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया