शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

 जेठ २७, २०७९ शुक्रबार १५:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै दुई हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय २९ कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया