शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे, काराेबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

 जेठ ३०, २०७९ सोमबार १५:२४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार ३२ दशमलव ३४ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर ओरालो लागेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय ३० वटा कम्पनीकाे २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सानिमा बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज मानुषी लघुवित्त, बुद्धभूमि हाइड्रो र ओरिएन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागे पनि बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया