शेयर बजारको ओरालो यात्रा उस्तै, आज पनि झन्डै ३० अङ्कले घट्यो

 असार १, २०७९ बुधबार १५:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज बलेफी हाइड्रो र लाइफ इन्सोरेन्स कर्पोरेशनको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया