हिजाे बढेकाे शेयर बजार आज साढे ७ अङ्कले घट्याे

 असार ३, २०७९ शुक्रबार १४:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार पाँच दिन घटेर हिजो बिहीवार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से आज शुक्रवार फेरि घटेको छ । आज नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । 

आज पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो । यसअघि सरकारले आइतवार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतवार बन्द गरेर शुक्रवार खोल्न थालेकोमा आइतवारको बिदा कटौती भएपछि शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टाका लागि मात्र शेयर बजार खुलाउन थालिएको हो । 

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत् र विकास बैंकको शेयर दोहोरो अङ्कले घटेको छ । 

आज दुई सय २० वटा कम्पनीकाे २३ लाख ५४ हजार कित्ता शेयर ७३ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड १४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । 

समग्र बजार घटे पनि आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । रिभर फल्स पावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घट्यो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया