दिनभर हरियाली रहेको शेयर बजार पौने ३ बजेपछि ओरालो, कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा धेरै

 असार २०, २०७९ सोमबार १५:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार दिनभर तल–माथि हुँदै बन्द हुने बेलामा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।

दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अङ्कले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अङ्कसम्म घटेको थियो  । तर बन्द हुने बेलामा भने झन्डै १० अङ्कले ओरालो लाग्यो ।

नेप्से घटे पनि कारोबार रकममा भने निकै सुधार भएको छ । दुई सय ३४ वटा कम्पनीका एक करोड नाै लाख कित्ता शेयर चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनियन र ग्रिन लाइफ हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घट्दा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया