शेयर बजार १८ अङ्कले बढ्याे, १ अर्ब ३१ कराेड रुपैयाँकाे काराेबार

 साउन २, २०७९ सोमबार १५:३४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज साेमवार १८ दशमलव ०३ अङ्कले बढेर दुई हजार २९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ११ कम्पनीको ३१ लख ४२ हजार कित्ता शेयर एक अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड ३४ लाख र एसियन लाइफ इन्सुरेन्सको सात करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज वरुण हाइड्रोपावर शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशत र इमर्जिङ नेपालको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि सानिमा लार्ज क्याप फन्डको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया