शेयर बजार १५ अङ्कले बढ्यो, कारोबार रकम बढेर झन्डै ५ अर्ब रुपैयाँ पुग्यो

 साउन १२, २०७९ बिहिबार १५:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा पुगेको छ । 

दाेहाेराे अङ्कले बजार बढेकाे दिन निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज कारोबार सङ्ख्या र रकममा निकै वृद्धि भएको छ । दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज विन्ध्यवासिनी हाइड्रो विकास कम्पनी र राष्ट्र उत्थान लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन पावर पार्टनर र एक्सेल डेभलपमेन्ट बैंकको शेयर साढे नाै प्रतिशतभन्दा धेरैले बढेको छ । 

समग्रमा बजार बढे पनि राधी जलविद्युत्, बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर भने झन्डै चार प्रतिशतका दरले घटेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया