शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

 साउन १६, २०७९ सोमबार १५:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो साढे ५४ अङ्कले बढेको शेयर बजार आज भने सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ९६ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन र लगानी समूहको शेयर बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड पाँच लाख १८ हजार कित्ता शेयर चार अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बुटवल पावर कम्पनी, गुडविल फाइनान्स र सिटिजन म्युचल फन्डको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । स्वाभिमान लघुवित्तको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया